१७ चैत्र २०७७

नेकपा एमालेको गण्डकी प्रदेश सह–इन्चार्जको जिम्मेवारी बागलुङका नेता लिलाबहादुर थापामगरले पाएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमलाई स्वागत गरेका थिए ।

२०६३ सालमा राष्ट्रिय जनमोर्चामा रहेका थापा शान्ति प्रक्रियापछि तत्कालीन माओवादीमा लागेका थिए ।

एमाले ओली समूहकै नेता खगराज अधिकारीलाई हटाएर ओलीको कदमलाई साथ दिँदै माओवादी समूह छाडेका थापालाई प्रदेश सह–इन्चार्जको जिम्मेवारी दिइएको हो ।

यसअघि थापालाई राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवका लागि सिफारिस गरिएको थियो ।

जनमोर्चाबाट राजनीति शुरू गरेका थापा २०५४ सालमा तत्कालीन जिल्ला विकास समिति बागलुङ सभापति समेत भएका थिए ।

थापामगरसहित कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्याल र गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङलाई पनि सह–इन्चार्जको जिम्मा दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर