१७ चैत्र २०७७

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल लगायत अन्य नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारवाहीलाई खारेज गर्ने नेपालले बताएका छन् ।

https://amzn.to/4myfPN5

६ महिनाको लागि पार्टी सदस्यबाट निलम्बित भएका नेकपा एमालेका नेता माधवकुमार नेपालले केपी ओलीले गरेको कारबाही स्वीकार नगर्ने प्रतिक्रिया दिएका छन् ।

नेपालले भने, ‘केपी ओली एमालेको अध्यक्ष नै होइनन्,यो उनको अराजकतामात्र हो । यस्ता कारबाही स्वीकार गरिन्न,चाँडै बैठक बसेर हामी निर्णय लिन्छौं ।’

नेपालले कार्यकर्तालाई विचलित नहुन समेत आग्रह गरेका छन् । नेपाल र रावलको आजै कारबाहीको बारेमा वक्तव्य आउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर