१६ चैत्र २०७७

बाजुराको बूढी गङ्गा नगरपालिका–१ डुङ्ग्रीमा पर्ने धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेपछि विद्यालय नै बन्द हुने अवस्थामा पुगेको छ ।

विद्यालयमा अध्ययनरत छात्रछात्रा विद्यालय आएपछि धमाधम बिरामी पर्दै घर जान थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको विद्यालयका प्रधानाध्यापक महासिं थापाले बताए ।

उक्त विद्यालयमा अध्ययनरत करिब एक सय बढी विद्यार्थी तीन दिनयता बिरामी परेका छन् ।

विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको धुरालसैन माविका शिक्षक सुरेन्द्र रौलेले जानकारी दिए ।

तीन दिनयता विद्यार्थी बिरामी हुन थालेको उनले बताए । दैनिक रुपमा २० जना बढी बिरामी हुने गरेको विद्यालयका प्रधानाध्यापक थापाले बताए ।

बिरामी भएका विद्यार्थी घरबाट नआउने भएपछि विद्यालय नै बन्द गर्ने पर्ने अवस्था आएको प्रअ थापाको भनाइ छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार