१६ चैत्र २०७७

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष र नेकपा (एमाले) का नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

दुई नेताबीच कोटेश्वरस्थित एक व्यापारीको घरमा अहिले भेटवार्ता भइरहेको स्रोतले जानकारी दिएको छ।

प्रचण्ड-नेपालबीच ती व्यापारीको घरमा यसअघि पनि भेटवार्ता भएको थियो।

प्रचण्ड-नेपाल तत्कालीन नेकपा हुँदा एउटै समूहमा थिए। उनीहरूले नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासनसमेत गरेका थिए।

सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज गरेर पूर्ववत: रूपमा एमाले र माओवादी केन्द्र बनाइदिएपछि अहिले प्रचण्ड र नेपाल फरक-फरक पार्टीमा छन्।

पार्टी फरक भए पनि प्रधानमन्त्री ओलीविरूद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा उनीहरूबीच बेलाबेलामा छलफल भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर