१६ चैत २०७७

सरकारले वायु प्रदूषणका कारण देशभरका सबै शिक्षण संस्थाहरू चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

https://amzn.to/4myfPN5

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रीका प्रेस सल्लाहकार ईश्वरराज ढकालले जानकारी दिए ।

बैठक अघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको उनले जानकारी दिए ।

लाखौँ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताको कारण सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको उनले बताए ।

बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा. हरि लम्साल, शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति थियो ।

शुक्रबारदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ ।

बाक्लो तुवालोका कारण आँखा पोल्ने समस्या देखिएको छ । साथै स्वासप्रवासमा पनि समस्या देखिने भएकाले सरोकारवाला निकायले घर भित्रै बस्न सुझाव दिएका    छन् ।

जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर