१४चैत्र २०७७
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीका अफर गरेका छन् ।
‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रचण्डले अहिलेको समस्या समाधानका लागि सरकारको नेतृत्व लिन ठाकुरलाई आग्रह गरेका हुन् ।
उनले भने, ‘अहिलेको सरकार तपाईले नै बनाउनुहोस् । तपाईकै नेतृत्वमा सरकार बनाएर अहिलेको समस्या हल गरौँ । अब अरुको नेतृत्वमा किन जाने ?’
संसदमा संविधान संशोधन प्रस्ताव लैजाने आफू नै भएको भन्दै दाहालले उक्त प्रस्ताव असफल बनाउने केपी शर्मा ओली नै भएको कुरा स्वीकार गर्न समेत उनले महन्थलाई आग्रह गरेका थिए।









