१२ चैत्र २०७७, बिहिवार

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधवकुमार नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको छ।

https://amzn.to/4myfPN5

उक्त समूहका नेता सुरेन्द्र पाण्डेले काठमाडौंमा बस्ने गरी  शुक्रबारका लागि बैठक डाकिएको जानकारी दिए। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले गरेका निर्णयहरू, पछिल्ला गतिविधि र भावी रणनीतिबारे छलफल हुनेछ।

यसैबीच नेपाल समूहका नेताहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीले मागेको स्पष्टिकरण पनि तयार पारेका छन्। नेता पाण्डेले स्पष्टिकरण तयार भइरहेको जानकारी दिए।

यसअघि अध्यक्ष ओलीले पार्टी र संसदीय दलको विधानविपरीत कार्य गरेको भन्दै एमाले वरिष्ठ नेता नेपालसहित ४ जनालाई स्पष्टिकरण सोधेका थिए।

सोमबार काठमाडौंमा बसेको उक्त समूहका उपलब्ध स्थायी कमिटी सदस्यको बैठकले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ राजनीतिक रूपमा सामूहिक दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर