८चैत्र २०७७
नेकपा एमालेका नेता माधवकुमार नेपालले केपी ओलीले बोलाउँदैमा लुरुलुरु बालुवाटार नजाने स्पष्ट पारेका छन् ।
काठमाडौंमा शनिबार भएको एक कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् ।
“केपी ओलीले यसअघिका दुईवटा बैठक कहाँ गरे अत्तोपत्तो छैन, अब तेस्रो बैठक बालुवाटार बोलाए भन्दैमा हामी लुरुलुरु जाँदैनौँ,” नेता नेपालले भने ।
नेपालले ओली सबैतिर अल्पमतमा रहेको भन्दै विधानविपरीतका काम नगर्न चेतावनी दिए । उनले ओलीले बनाएको संसदीय बोर्डमा पनि नजाने बताए ।









