५चैत्र २०७७

नेकपा एमालेको संसदीय दलको बैठकले अनुशासन उल्लंघन गर्ने सांसद्लाई कारबाही गर्न संसदीय बोर्ड गठन गरेको छ ।

https://amzn.to/4myfPN5

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले २७ जना सांसद् रहने संसदीय बोर्ड गठन गरेको हो ।

सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले आजको बैठकले बोर्ड गठन गरेको सांसद् महेश बस्नेतले जानकारी दिनुभयो ।

यस्तै, बैठकले संसदीय दलको विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठन गरेको छ ।

कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर