नेकपा एमाले झलनाथ-माधव समूहका नेता पार्टी कार्यालय धुम्बाराही पुग्नुभएकाे छ ।
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि वरिष्ठ नेता मावधकुमार नेपालसहितका नेता धुम्बाराही पुग्नुभएकाे हाे ।
सर्वोच्चले नेकपा खारेज गर्दै एमाले ब्युँताइदिएपछि ओली र नेपालबीच भेटवार्ता हुन सकेको थिएन ।
ओली पक्षले निर्वाचित कमिटीहरू भंग गर्दै महाधिवेशनको मिति समेत तोकेपछि दुई पक्षबीच तिक्तता निकै बढेको थियो ।
तिक्तताबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार हुनुभएन । त्यसपछि केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटका लागि तय भएको हो