२८ फागुन २०७७

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले तुरुन्तै पार्टीको बैठक बोलाउन माग गरेको छ ।

https://amzn.to/4myfPN5

एमालेका उपाध्यक्ष भीम रावलका अनुसार बिहीवार बसेको नेपाल निवास कोटेश्वरमा बसेको स्थायी कमिटीको सदस्यको भेलाले बैठक बोलाउन माग गरेको हो ।

उक्त बैठकमा नेता नेपाल निकट १३ जना स्थायी कमिटी सदस्यको सहभागिता थियो ।

सर्वोच्चको आदेशअनुसार एमाले पुन:स्थापित भइसकेको यतिका दिन भइसक्दासमेत अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाउनु र छलफलसमेत नगर्नु चिन्ताको विषय भएकाले तत्कालै बैठकको माग गरिएको रावलले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी ब्युँताएको थियो ।

त्यसयता नेकपा एमालेको औपचारिक बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर