२७ फागुन २०७७

कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा मिनीबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

आठबिस न.पा.१ स्यालाघाट  स्थित कालिकोटबाट सुर्खेत  तर्फ जादै गरेको क.प्र.०२००१ ख ०२४७ नंको गाडि  अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्न जादा गाडिमा सवार १६ जना मध्य ७ जना गम्भीर घाईते भएको दैलेख जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको उपचारको लागि उद्दार गरी अस्पताल तर्फ पठाईएको र  ३ जनाको स्थानिय मेडिकलमा उपचारको लागि पठाई थप उद्धार कार्य भईरहेको प्रहरी नायव उपरिक्षक अनुपम श्रेष्ठले बताए ।

गाडीमा सवार एकिङ यात्रुको  संख्या खुल्न नसकेको र जम्मा घाईते १६ जना जसमध्य ५ जना गम्भीर घाईते १० जना सामान्य घाईते र १ जनाको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।

गाडीमा सवार १८ जना मध्य १० जना गम्भीर गाईते र ५ जना सामान्य गाईते र १ जनाको मृत्यु भएको मृत्यु हुने कालिकोट साविक भर्ता गा.विस वडा नं बस्ने वर्ष ३७र३८को जितेन्द्र बहादुर शाही रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर