
२७ फागुन २०७७
लुम्बिनी प्रदेश सरकार गठनमा एमालेको स्पष्ट बहुमत नपुग्ने देखिए पछि सरकार गठनका लागि जनता समाजवादी पार्टी निर्णयक बन्ने देखिएको छ ।
एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै लुम्बिनी प्रदेश सरकारमा एमाले एक्लैको बहुमत नपुग्ने भए पनि सरकार गठन प्रकृया शुरु हुने भएको हो ।
८७ सांसद रहेका यो प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई बहुमतका लागि ४४ सांसदको साथ आवश्यक पर्छ ।
बहुमतका लागि एमालेले माओवादी केन्द्र, कांग्रेस वा जनता समाजवादीमध्ये कुनै एक दलसँग सहकार्य गर्नुपर्छ ।
नेकपा एमालेबाट निर्वाचित मुख्यमन्त्री शंकर पोखरेललाई अहिलेको सरकार टिकाइराख्न पार्टीमा ३ मत पुग्दैन ।
एमाले र माओवादी केन्द्र अलग भएपछि प्रदेशसभामा ५ वटा दल हुने भएका छन् ।
८७ जना सांसदमध्ये नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चा पार्टीका एक जना सांसद छन् ।