२६ फागुन २०७७

सर्वोच्च अदालतले सत्तासीन ‘नेकपा’लाई पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्काइ दिएपछि प्रदेशमा हलचल सुरु भएको छ ।

लुम्बिनी प्रदेशमा सत्ता समीकरणको खेल सुरु भएको छ । लुम्बिनी प्रदेशको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सत्ता समीकरण लगायतका विषयमा अरु दलसँग छलफल गर्न  आज कार्यदल गठन गरेको छ ।

काँग्रेस प्रदेश सभा संसदीय दलले प्रमुख सचेतक फखरुद्दिन खानको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलले प्रदेशको स्थायित्व, दिगो विकास, संघीयताको सफल कार्यान्वयन एवं समसामयिक राजनीतिक विषयमा अन्य दलसँग छलफल तथा परामर्श गर्ने छ ।

यस्तै समाजवादी पाटीसँग मुख्यमन्त्री  पोखरेलले  औपचारिक र अनौपचारिक छलफल गरिहेको यसअघि नै सकारका  प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर