
२६ फागुन २०७७
डोटीमा नेकपा एमालेको दुई समूहले छुट्टाछुट्टै पार्टी कार्यालय स्थापना भएको छ ।
मंगलबार साविकको नेकपाको पार्टी कार्यालयमा एमालेको कार्यालय स्थापना भएको थियो ।
तर बुधबार अध्यक्ष केपी ओली निकट समूहले पुष्पलाल स्मृति भवनमा नेकपा एमालेको साइन बोर्ड राखेको छ ।
२०६९ सालमा सम्पन्न एमालेको सातौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा चक्रबहादुर मल्ल र सचिवमा रामबहादुर ऐर निर्वाचित भएका थिए ।
मल्ल प्रधानमन्त्रीले पुष ५ गते गरेको प्रतिनिधिसभाको बिघटन असंवैधानिक भएको भन्दै माधव प्रचण्ड समूहलाई साथ दिए पछी ओली पक्षले साविकको एमालेका जिल्ला सचिव ऐरलाई अध्यक्ष बनाएको थियो ।