२६ फागुन २०७७

सर्वोच्च अदालतको फैसलाअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) साविककै अवस्थामा फर्किएसँगै पुनः एमालेको राजनीतिमा सक्रिय हुनका लागि माधवकुमार नेपाल पक्षले रणनीति बनाउन थालेको छ ।

https://amzn.to/4myfPN5

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएसँगै एमालेमै फर्कने निधो गरेका माधवकुमार नेपालले बिहीबार नयाँ बानेश्वरमा एमालेका आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक आयोजना गरेका छन् ।

सो बैठकले एमालेमा आगामी दिन निर्वाह गर्नुपर्ने भूमिका र रणनीतिका बारेमा खाका तयार पार्नेछ ।

माधव नेपाल पक्षकै केन्द्रीय सदस्य विष्णु रिजालले केन्द्रीय सदस्यहरुको बैठकबाट प्रस्ट रणनीति तयार पारेर अघि बढ्ने बताए

प्रतिक्रिया

सम्बन्धित खवर