सर्वोच्चको फैसलापछि माधव कुमार नेपाल समूहले एमालेमै फर्किने संकेत गरेकाे छ ।
सर्वोच्चले तत्कालिन अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता बदर गरिदिएपछि नेपाल समूह एमालेमै रहने संकेत गरेको हो ।
यसअघि नेपाल समूह प्रचण्डसँग मिलेर कार्यक्रमहरु गर्दै आएका थिए ।
आज नेता नेपालले आफ्नो समूहका नेताहरुसँग भएको छलफलमा एमालेमै रहेर संघर्ष गर्नुपर्ने बताएको छलफलमा सहभागी एक नेताले बताए ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा अोलीले बोलाएको केन्द्रीय समिति बैठकमा बस्ने नबस्ने भन्ने बारे अझै टुंगो नलागेको ती नेताको भनाई छ