२४ फागुन २०७७

सर्वोच्च अदालतले तत्कालिन नेकपा एमाले ब्यूँताएसँगै माधकुमार नेपाल समूह संकटमा पर्ने देखिएको छ ।

https://amzn.to/4myfPN5

आइतबार सर्वोच्चले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि तत्कालिन एमाले र माओवादी केन्द्र ब्यूँतिएको हो ।

एमाले ब्युँतिए हाल प्रधानमन्त्री तथा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टाढिएको माधव समूहसँग दल विभाजन गर्ने गरी संसदीय दलमा सदस्य संख्या अपुग हुने देखिएको छ ।

प्रतिनिधिसभामा एमालेको १२० सिट छ । दल विभाजन गर्न माधव नेपाललाई कम्तिमा ४८ सिट आवश्यक पर्छ ।

तत्कालिन एमालेको केन्द्रीय कमिटीमा भने माधव समूहको ४० प्रतिशत पुग्ने भएकाले एमालेको संसदीय दलमा सो समूहको हालको अवस्थामा ४० प्रतिशत नपुग्ने देखिएको छ ।

हालसम्म खुलेर माधव नेपालतर्फ लागेका प्रतिनिधिसभा सदस्यहरुको संख्या मात्र ३३ छ ।

उता ओलीतर्फ भने स्पष्ट रुपमा ६२ जना खुलेका छन् । तर करिब २५ जनाको अवस्था स्पष्ट छैन ।

माधव नेपालले यी २५ जनालाई आफूतर्फ तान्न नसके उनले दल विभाजन गर्न पाउने छैनन् ।

यस्तो अवस्थामा केन्द्रीय कमिटी र संसदीय दलमा बहुमतमा रहेका ओली उनीहरुमाथि कारबाही गरे माधव नेपाल, झलनाथ खनाललगायत उनीहरुसँग रहेका सांसदहरुको सांसद पद खारेज हुन सक्नेछ ।

उता एकीकरणपछि प्रतिनिधिसभामा उपनिर्वाचनमार्फत निर्वाचित नेकपा सांसद विद्या भट्टराई र राष्ट्रिय सभामा निर्वाचित रानायणकाजी श्रेष्ठ, वेदुराम भुसाललगायतका सांसदहरु कुन दलको हुने भन्ने अन्योल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर