२३ फागुन २०७७

प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्तर्गतको पहिलो बैठक सुरु हुनासाथ नेकपाको दाहाल-नेपाल समूहका सांसदहरुले उठेर विरोध गरेका छन् ।

https://amzn.to/4myfPN5

सांसदहरु उठेर विरोध गरेपछि सभामुखले दिएको समयमा बोल्दै सांसद भीम रावलले अदालतको फैसलापछि प्रधानमन्त्रीको दल कुन हो भनेर प्रश्न गरे ।

उनले भने,‘अदालतबाट आएको फैसलापछि निर्वाचन आयोगले गरेको फैसला सर्वोच्चले पार्टी निर्माण गर्ने रे, यो कानूनी फैसला हो कि राजनीतिक फैसला हो ? म प्रश्न गर्न चाहन्छु ।

नेपाल कम्युनिष्ट पार्टी होइन भने प्रधानमन्त्रीले कुन पार्टीको भन्नुपर्‍यो । प्रधानमन्त्रीले कुन पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ । ती अध्यादेशले कुन आधारमा प्रतिनिधिसभामा प्रवेश पाउँछन् ।’

सांसद भिम रावलले भने,‘संविधानमाथि जसरी प्रहार गरिएको थियो ।

सर्वोच्च अदालतबाट प्रधानमन्त्रीबाट गरिएको संसद विघटन लोकतन्त्रमा अध्यादेशबाट शासन गर्ने कति उचित हो ? अध्यादेशबाट शासन सञ्चालन गर्ने संविधानको धारा ७६ र ८५ को आजमात्रै अदालतबाट फैसला आएको छ, यसबाट सरकार कस्तो हो भन्ने प्रश्न उठेको छ ।

यो विषयको जानकारी सभामुखलाई हुनुपर्छ । प्रतिनिधिसभा जसले हत्या गर्‍यो उहाँको अहिलेको अबस्था के हो ? ’

प्रतिक्रिया

सम्बन्धित खवर