 
							२२ फागुन २०७७
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीले गरेका कामहरुको तारिफ गरेका छन् । उनले आज शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले गरेका ती कामहरु असाधरण र दूरगामी महत्त्वका रहेको दाबी समेत गरेका छन्।
प्रधानमन्त्री ओलीले ‘संविधानसभाबाट नयाँ संविधानको निर्माण‚ जातीय तथा क्षेत्रीय अतिवाद र विखण्डनवादको सामाना र भारतीय नाकाबन्दीको सामना’ गरेको मुख्यमन्त्री पोखरेलले उल्लेख गरेका छन्।
त्यस्तै‚ चीनसँगको ऐतिहासिक पारवान सम्झौता‚ भारत र चीनसँगको सम्बन्धलाई नयाँ आयाम दिएको‚ अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना गरेको भन्दै पोखरेलले प्रधानमन्त्री ओलीलाई जस दिएका छन्।
रणनीतिक विकास आयोजनाहरु जस्तै रेलमार्ग‚ जलमार्ग‚ हवाई यातायात‚ सुरुङमार्ग, उत्तरदक्षिण करिडोर‚ खानी अन्वेषण र उत्खननको तयारी गरेको पनि बताएका छन्। यस्तै‚ सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम‚ विप्लव र सिके राउतसँगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व प्रधानमन्त्री ओलीले गरेको उनको भनाइ छ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com