२१ फागुन २०७७
नेकपाका नेता बामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली उनको निवास पुगेका छन् ।
लडेर घाइते भएका गौतमलाई भेट्न प्रधानमन्त्री ओली गौतमनिवास भैसेपाटी पुगेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेता गौतम केही दिनअघि घरमै लडेर सामान्य घाइते भएको र घाइते गौतमलाई भेट्न निवास पुगेका हुन् ।
घरमै लडेका गौतमको आँखामा सामान्य चोट लागेको छ ।









