२० फागुन २०७७, बिहिवार
सरकार र विप्लप समुहविच तीन वुदे सहमति भएको छ ।आज बिहान बालुवाटारमा भएको वार्तामा विप्लव समूह र सरकारबीच मूलधारको राजनीतिमा आउने सुनिश्चितता सहित तीन बुँदे सहमति भएको छ ।
यो सहमतिको घोषणा फागुन २१ गते हुने छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।
फागुन २१ गते दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ ।
विप्लव समूहलाई केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ को मन्त्रिपरिषद् निर्णयले प्रतिबन्ध लगाएको थियो । विप्लव समुहले वर्तमान व्यवस्था र संविधान नै नमान्ने बताउँदै आएको थियो ।