१९ फागुन २०७७, बुधवार

पछिल्लो २४ घण्टामा देशभर ६७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ३ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षण भएकोमा ६७ जनालाई संक्रमण पुष्टि भएको हो ।

आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ५६ जना रहेका छन् ।

काठमाडौंमा ३९, ललितपुरमा १४ र भक्तपुरमा ३ जनालाई कोरोना पुष्टि भयो ।
प्रवक्ता गौतमका अनुसार २४ घण्टामा ६२ जना कोरोनामुक्त भएका छन् ।

आज सक्रिय संक्रमित ७ सय ६६ जना संक्रमित छन् जसमभ्ये ४२ जना आइसियुमा उपचाररत छन् ।

९ जनाको उपचार भेन्टिलेटरमा भइरहको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर