
१९ फागुन २०७७, बुधवार
नेपाल कम्युनिष्ठ पार्टी नेकपा प्रचण्ड–माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओली सहित सात जना नेतालाई कारबाही गरेको छ।
बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले ओली समुहका स्थायी समिति सदस्य सुवास नेम्वाङ, केन्द्रीय सदस्यहरु विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, गोकुल बाँस्कोटालाई कारबाही गर्ने निर्णय गरेको हो ।
बैठकले दलका उपनेता सुवास नेम्वाङलाई पार्टीको अन्तरिम विधान उल्लंघन गरेको ठहर गरेको छ। नेम्वाङलाई स्थायी कमिटीबाट निलम्बन गर्दै तीन दिनभित्र उपनेताबाट राजिनामा दिन निर्देशन दिइएको छ।
त्यस्तै, केन्द्रीय सदस्य विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने र सांसदको जिम्मामा रहन सचेत गराउने निर्णय गरेको छ। यसबाहेक महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट निष्काशित गर्ने समेत निर्णय गरेको हो।
केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्ने सबै दलहरुलाई संयुक्त सरकारका लागि यो बैठकले अपिल गर्ने समेत निर्णय गरेको छ।