१५ फागुन २०७७

प्रहरीले पर्सामा विवाह गरिरहेको अबस्थामा बिहे मण्डपबाटै दुलाह र दुलाहका बुबालाई पक्राउ गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बालविवाह सम्बन्धी कसुरमा पर्सा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलबाट प्रहरीले १७ वर्षीया बालिकालाई विवाह गर्न लागेको १९ वर्षीय बेहुला र उनका ४६ वर्षीय बाबुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरूलाई शुक्रबार पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार पक्राउ परेका दुबै जनामाथि बाल विवाहसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर