बेनी : सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द् (विप्लव) नेतृत्वको नेकपाको मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर)लाई बिहीबार प्रहरीले म्याग्दीबाट पक्राउ गरेको छ।

म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझनै बेनीस्थित ल्याइएको छ।

https://amzn.to/4myfPN5

राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले बताए। ‘दरवाङ एरियाबाट पक्राउ गरिएको हो,’ उनले भने ‘उहाँ यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सुचिमा पनि हुनुहुन्थ्यो।’

पुन एनसेलको टावर, डोजर लगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुली लगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ। पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुन्।

उहाँ पछिल्लो समय नेकपा (विप्लव) को मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।  विप्लव (नेकपा) र सरकारबीच वार्ताको चर्चा चलिरहेका समयमा पुन पक्राउ परेका हुन्। सरकारले विप्लव समूहलाई दुई वर्षदेखि प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर