नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहको संसदीय दलको अनौपचारिक बैठक सकिएको छ।

बुधबार सिंहदरबारमा बसेको बैठकमा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वयले ओलीतिर रहेका सांसदलाई आफूतिर आउन आह्वान गरेका छन्।

https://amzn.to/4myfPN5

उनीहरूले ओली समूहका सांसदलाई मूल धारमा आउन समेत आह्वान गरेका छन्।

अध्यक्षद्वयले आफूहरू सरकार बनाउनको लागि भन्दा पनि व्यवस्थाको लागि लडेको बताएको बैठकमा उपस्थित सांसद झपट रावलले बताए।

‘हाम्रो मुख्य उद्धेश्य भनेको कुन सरकार बनाउने, के बनाउने, कसलाई बनाउने भन्दा पनि हामी व्यवस्थाको लागि लडेका थियौं। हाम्रो मुख्य उद्धेश्य भनेको व्यवस्था जोगाउनु हो र व्यवस्था जोगाउनु हो’, अध्ययद्वयको भनाइ उद्धृत गर्दै उनले भने।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्रीले एकरातमै अहिलेसम्मका उपलब्धिलाई सकाए पनि सर्वोच्चले फैसला गरेको बताए।

‘अहिलेसम्म रहेको उपलब्धिलाई प्रधानमन्त्रीले एकरातमै सकाउनु भयो। तर त्यसलाई सम्मानित सर्वोच्च अदालतले फैसला गरेको छ। हामी फेरि संघर्षको अर्को चरणमा जानुपर्छ’, उनले भने।

यस्तै, अर्का अध्यक्ष माधवकुमार नेपालले  ओली प्रवृतिले गर्दा पार्टी अगाडि नबढेको भन्दै पार्टीलाई एकबद्ध बनाएर लानुपर्नेमा जोड दिए।

‘पार्टीलाई एकबद्ध बनाएर लानुपर्छ। ओली प्रवृत्तिले गर्दा पार्टी अगाडि बढ्न सकेको छैन। अब हामीले  एकताबद्ध भएर अघि बढ्नु पर्छ’, उनले भने।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला मंगलबार गरेको छ भने र १३ दिनभित्र बैठक राख्न भनेको छ।

प्रचण्ड-नेपाल पक्षका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर