पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्रीले संविधान उल्लंघन गर्दा राष्ट्रपति नै साक्षी बस्नु गलत रहेको बताएका छन्।

शुक्रबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेको आरोप लगाएका हुन्।

https://amzn.to/4myfPN5

दल विभाजनको अध्यादेश ल्याउनु, राष्ट्रपतिद्वारा त्यसको सदर गरिनु, संवैधानिक परिषदमा आफ्ना मान्छेलाई भर्ती गर्नु लगायत क्रमिक रूपमा लोकतन्त्रमाथि प्रहार हुँदै आइरहेको र यस्तो परिस्थितिमा निर्वाचनमा जानु भनेको दलहरूले आफ्नै टाउको फुटाउनुसरह भएको उनले बताए।

पूर्व राष्ट्रपति यादवले संविधान जारी गर्ने बखतमा आफूले तराई, मधेश, हिमाल र पहाडलाई मिलाउन खोजेपनि अहिले त्यसलाई विखण्डन गर्न खोजिएको जिकिर समेत गरे।

 

प्रतिक्रिया

सम्बन्धित खवर