काठमाडौं । अदालतको सहयोगी (एमिकस क्युरी)ले आज बिहीवार पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ । गत मंगलवारबाट शुरु भएको एमिकस क्युरीको बहसको पहिलो दिन वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले र दोस्रो दिन बुधवार वरिष्ठ अधिवक्ताहरु सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए ।

हिजो भएको बहसमा खरेल र मैनालीको राय बाझिएको थियो । खरेलले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क प्रस्तुत गरेका थिए भने मैनालीले भने संसद विघटन प्रधानमन्त्रीको अधिकार भएको तर्क गरेका थिए।

https://amzn.to/4myfPN5

अब आज एमिकस क्युरीका बाँकी अधिवक्ताहरुले बहसमा भाग लिने छन् । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरु बद्रीवहादुर कार्की, विजयकान्त मैनाली ,सतीशकृष्ण खरेल पूर्णमान शाक्य र गीता संग्रौला रहेका छन् ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । ती रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर