काठमाडौं : बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेश भट्टलाई पक्राउ गरेको छ ।

भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई प्रहरीले बुधबार (आज) नै सार्वजनिक गर्ने तयारी गरेको छ ।

https://amzn.to/4myfPN5

१५ दिनअघि विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो ।

एक साता लामो प्रहरी अनुसन्धानपछि प्रहरीले भट्टको हत्या आरोपमा दिनेशलाई सार्वजनिक गर्न लागेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले जानकारी दिए ।

‘आरोपितले अपराध स्वीकार गरिसकेका छन्’, डीआईजी सुवेदीले भने, ‘आरोपितलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गछौँ ।’

सनातन धर्म माविमाको कक्षा १२ मा पढ्ने भागरथीलाई दिनेशले लामो समयदेखि एकतर्फी रुपमा मन पराएको र १५ दिनअघि स्कुलबाट एक्लै फर्किएको मौका छोपेर बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर