
२ फागुन २०७७, आइतवार
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध चौथो चरणको आन्दोेलन घोषणा गरेको छ ।
केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
फागुन ५ देखि १२ गतेसम्म जिल्ला कमिटीहरुले सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्नेछन् ।
फागुन ६ गते एक घण्टा प्रगिममन, महंगी र भ्रष्टाचारको विरोधमा मानव साङ्गलो बनाएर टुँडिखेल घेर्ने संघर्ष समितिले बताएको छ ।
७ गते सबै वडामा विरोध कार्यक्रम गर्नेछ भने १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गरिने छ ।
यस्तै फागुन ८ गते काठमाडौँमा बृहत अन्तरक्रिया र ९ गते प्रतिगमन, महिला हिंसाको विरोधमा देशभर महिलाहरुको बृहत प्रदर्शन हुने जनाइएको छ।
१० गते दलित मोर्चा र ११ गते उत्पीडित समुदायको अगुवाईमा प्रदर्शन हुनेछ भने १४ गते युवा र १५ गते किसान र सुकुम्बासीहरुको अगुवाइमा ¥याली प्रदर्शन गरिने संघर्ष समितिले जनाएको छ ।
यस्तै चितवन, दाङ, जनकपुर र नेपालगञ्जमा सभा गर्ने निर्णय भएको छ । चितवनमा १२ र दाङमा २१ गते सभा हुनेछ भने जनकपुर र नेपालगञ्जको मिति तोक्न बाँकी छ ।
समूहले पुस ५ गते देखि देशभर लगातार संघर्षका कार्यक्रम संञ्चालन गर्दै आएको छ । पुस १४, माघ ९ र माघ २८ गते काठमाडौँमा विरोधसभा गरेको थियो ।