२ फागुन २०७७, आइतवार

कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

https://amzn.to/4myfPN5

जिल्लाको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणबाट २६ बर्सिया कला धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

पुष्पान्जली सामुदायिक बनमा घाँस काट्न गएको बेला उनलाई बाघले लगेको प्रहरीको भनाई छ ।

बाघले आक्रमण गरेको ठाउँ भन्दा केही पर उनको शव फेला परेको पनि प्रहरीले जनाएको छ ।

केही दिन यता कैलालीमा बाघले मानिसलाई आक्रमण गर्ने घटना बढ्न थालेको छ ।

गत शुक्रवार बिहान बाघको आक्रमणबाट कैलारी गाउँपालिका ८ दुधियाका २७ वर्षीय दुर्गा चौधरी घाईते भएका थिए ।

चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर