१ फागुन २०७७, शनिवार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरुको भेला बोलाउने निर्णय गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि आगामी कार्यदिशा तय गर्न शनिबार महामन्त्री शशांक कोइराला निवासमा पौडेल समूहले भेला गरेको हो ।

भेलामा सहभागी एक नेताका अनुसार अब फागुन ५ गते सबै जिल्लाका सभापतिलाई काठमाडौंमा बोलाएर आगामी रणनीतिको विषयमा छलफल गर्ने निर्णय गरेको छ ।

यस्तै भेलाले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई कसरी सशक्त एवं प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल गरेको छ ।

गतवर्ष नै हुनुपर्ने नेपाली कांग्रेसको महाधिवेशन कोरोना भाइरसको बहानलाई देखाएर एक वर्ष पछि सारेर फागुनको ७ गतेलाई मिति तोकिएको थियो ।

तर, तालिकाकअनुसार काम हुन नसकेपछि अब सभापति शेरबहादुर देउवाले थप ६ महिना सभापति हुन पाउने पक्का भएको छ ।

नेपाली कांग्रेसको विधानअनुसार सभापतिको कार्यकाल चार वर्षको हुनेछ ।

तर, असामान्य परिस्थिति उत्पन्न भएमा थप एक वर्ष सभापति रहिरहन पाउने विधानमा उल्लेख गरिएको छ । देउवाले उक्त १ वर्ष पनि प्रयोग गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर