२९ माघ २०७७, बिहिवार

फागुन १ गते नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहले गर्न लागेको आमसभाको प्रचारप्रसार स्वरूप बुटवलमा मोटरसाइकल र्‍याली निकालेको छ।

युवासंघको नेतृत्वमा र्‍याली निकालेको हो।

बुटवलको राजमार्ग चौराहबाट सुरू गरिएको र्‍यालीमा हजारौं युवाहरू सहभागी थिए।

अघिल्लो लाइन राजमार्ग चौराहबाट सुरू हुँदा पछाडिको लाइन कालिकाचोकमा पुगेको थियो।

र्‍यालीको नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश ईन्चार्ज शंकर पोखरेलले उद्घाटन गरेका थिए।

र्‍यालीमा युवासंघका पूर्व केन्द्रीय अध्यक्ष महेश बस्नेत समेत सहभागी रहेका थिए।

उक्त र्‍याली मिलनचोक, ट्राफिकचोक, गोलपार्क, अमरपथ हुँदै पुष्पलाल पार्कमा आएर समापन भएको थियो। मोटरसाइकल र्‍यालीमा सहभागी युवाहरूले प्रधानमन्त्री ओलीको तस्वीर बोकेका थिए।

नेकपाले फागुन १ गते बुटवलमा लुम्बिनी प्रदेशस्तरीय आमसभा गर्दैछ।

प्रतिक्रिया

सम्बन्धित खवर