२८ माघ २०७७, बुधवार

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन् ।

https://amzn.to/4myfPN5

ब्ुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजि कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो निर्देशन दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले भ्रष्टाचारमा शून्य सहनसिलता अप्नाउनुपर्नेमा समेत जोड दिएकी छिन् ।

उनले भनिन्ः ‘ मुलुकमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका श्रोतहरु दुरुपयोग भई समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउन हुँदा भ्रष्टाचार नियन्त्रणका लागि कडाइका साथ प्रस्तुत हुन जरुरी देखिन्छ ।

’ राष्ट्रपति भण्डारीले राजनीतिक आर्थिक, सामाजिक लगायत समग्र पक्षमा हुनसक्ने गैरकानुनी विचलनलाई समूलरुपमा अन्त्य गर्न सके मात्र भ्रष्टाचार न्युनीकरण हुनसक्ने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर