२७ माघ २०७७, मंगलवार

नेकपा प्रचण्ड–माधव पक्षले लुम्बिनी प्रदेशका ५ जनालाई जिल्ला अध्यक्षका लागि सिफारिस गरेको छ ।

रुपन्देही जिल्ला अध्यक्षमा राजु गुरुङ, कपिलवस्तुमा  विष्णु पन्थी, गुल्मीमा सोमनाथ सापकोटा, रुकुममा भीममान घर्ती र बर्दियामा वखतबहादुर खड्कालाई सिफारिस गरेको हो ।

रुपन्देहीका गुरुङ तत्कालीन एमाले निकट युवासंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा बुटवल बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति पनि हुन् ।

कपिलवस्तुका पन्थी प्रदेशसभा सदस्य हुन् । उनले एमाले केन्द्रीय लेखा कमिटीमा बसेर काम गरेका थिए ।  गुल्मीका सापकोटा साविक एमाले जिल्ला पार्टी सचिव हुन् ।  त्यस्तै रुकुमका  घर्ती पूर्व माओवादी हुन् ।   त्यस्तै बर्दियाका खड्का पूर्व एमाले समर्थक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर