
२७ माघ २०७७, मंगलवार
सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी घोषणा गरेको निर्वाचन तोकिएकै मितिमा गर्ने तयारी थालेको छ ।
त्यसका लागि सरकारले पहिलो चरण वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरण वैशाख २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले चुनावका बारेमा छलफल गर्दै यस्तो निर्णय गरेको हो ।
वैशाख १७ गते प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका ४० जिल्लामा र वैशाख २७ गते प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका ३७ जिल्लामा निर्वाचन गराउने गरी निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै नयाँ निर्वाचनमा जाने निर्णय गरेको थियो ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका बेला सरकारले भने चुनावको तयारी तीव्र पारेको छ ।
त्यसैगरी, निर्वाचनको तयारीबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जान लागेको ओली समूहका एक नेताले जानकारी दिए ।
उनकाअनुसार प्रधानमन्त्रीको साथमा उपप्रधानमन्त्री र अर्थमन्त्री पनि आयोग जान लागेका छन् ।
सो अवसरमा सरकारको निर्णयबारे आयोगलाई जानकारी गराइने पनि ती नेताले बताए ।