
२५ माघ २०७७, आइतवार
प्रदेश एकको संसद् बैठक स्थगित भएको छ । सत्तापक्षका सांसद्ले अवरोध गरेपछि प्रदेश १ को बैठक फागुन ९ गतेसम्मका लागि स्थगित भएको हो ।
आइतबार ढिलोगरी सुरु भएको बैठकमा सत्तारुढ दलको ओली समूहले अवरोध गरेको हो ।
सत्ता पक्षका सांसद्ले उठेर विरोध गरेपछि सभामुख प्रदीप भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आइतबार दुई बजेका लागि बोलाइएको संसद् बैठक दिउँसो ३ बजेर ५८ मिनेट जाँदा सुरु भएको थियो ।
बैठक सुरु गरेलगत्तै सत्तारुढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले उठेर मुख्यमन्त्री शेरधन राईले कारवाही गरेका १६ जना सांसद्लाई यहाँ बस्न दिनुहुन्न भन्दै विरोध गरेका थिए ।
सत्तारुढ दलले नै बैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता भएन ।