
२५ माघ २०७७, आइतवार
कैलालीमा प्रेमिकाको हत्या गरेको आशंकामा कार्यवाहक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीलाई प्रेमिका सञ्जिता चौधरीको हत्यामा संलग्न भएको आशंकामा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको बताए।
सञ्जिता चौधरी आइतबार बिहान कार्यवाहक वडाध्यक्षकै कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेकी थिइन्।