२५ माघ २०७७, आइतवार

पछिल्लो २४ घण्टामा देशभर थप ११९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २६० जना संक्रमित कोरोनामुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ६८ हजार ७२ रहेको छ ।

अहिलेसम्म नेपालमा २ हजार ३८ संक्रमितको मृत्यु भएको छ । आज १ हजार ८१५ सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर