
२५ माघ २०७७, आइतवार
पाल्पामा व्यावसायिक रुपमा कालिजपालन गरिंदै आएको फर्ममा चितुवाले आक्रमण गर्दा एक सय बढी कालिज मारेको छ ।
तानसेन नगारपालिका वडा नं. ५ को ढुंगाखानी नजिकैको कालिज फर्ममा भएको काफलको रुखबाट पसेको चितुवाले सयबढी कालिज मारेको डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले जानकारी दिए ।
रातिको समयमा पसेको चितुवालाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा फर्मबाट बाहिर निकालिएको रेन्जर पोखरेलले बताए ।
चितुवालाई नियन्त्रणमा लिने साधन र दक्ष जनशक्ती नहुँदा झन्डै ५ घण्टाको प्रयासपछि चितुवालाई निकालेर जंगलमै छाडिएको छ ।
बिहान कालिजलाई दाना दिने क्रममा चितुवा देखेपछि स्थानीयले वन कार्यालयमा सम्पर्क गरेको थिए । कालिजले फर्ममा रहेका सयबढी कालिज नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।