
२२ माघ २०७७, बिहिवार
सत्तारुढ नेकपाको प्रचण्डमाधव समूहले गरेको देशव्यापी आमहडताल सफल बनाउन भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री आफैँ सडकमा आएका छन् ।
मुख्यमन्त्री महेन्द्र बहादुर शाही आफैँ सडकमा आएका हुन् ।
प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगस्थित मंगलगढी चोक शाही आफैँ बन्द गर्न उत्रिएका हुन् ।
उनले त्यहाँ उपस्थित बन्दकर्ताहरुलाई सम्बोधन पनि गरेका छन् ।
असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिको सपथग्रहणका विरुद्ध भन्दै शाही बन्द गर्न आफैँ सडकमा गएका हुन् ।