२२ माघ २०७७, बिहिवार

नेकपाको प्रचण्ड-नेपाल समूहकाे आमहड्तालकै दिन ओली समूहले राजधानीमा मार्चपास गरेको छ ।

महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले बिहीबार बाल्मिकी कलेजबाट मार्चपास गरेको हो ।

राजधानीका विभिन्न्न स्थानबाट आएका स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास गरेका हुन् ।

मार्चपास प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै कमलादीसम्म पुगेको छ ।

मार्चपासमा युवाले ‘केपी बाः आइ लभ यु’, ‘केपी ओली रेलमा भ्रष्टाचारी जेलमा’ तथा ‘आज हैन भोलिलाई १० वर्ष ओलीलाई’ जस्ता नारा लगाएका थिए ।

ओली समूहले शुक्रबार राजधानीमा जनसभा गर्दैछ । उक्त जनसभा नारायणहिटी संग्रहालय अगाडि हुँदैछ ।

ओली समूहले एक लाख बढी मानिसको सहभागीतामा जनसभा गर्न लागेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर