२२ माघ २०७७, बिहिवार

नेकपा दाहाल(नेपाल समूहका अध्यक्ष माधव कुमार नेपाल सडकमा निस्किएका छन ।

कोटेश्वरमा भएको हडताल हेर्न उनी त्यहाँ निस्किएका हुन ।

कोटेश्वरमा नेकपा कार्यकर्ताले सकड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।

त्यहाँ अप्रिय घटना नहोस भनेर नेपाल कोटेश्वर पुगेको जनाइएको छ।
यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु सडकमा निस्केका थिए।

शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेकपाले आज देशभर आम हड्ताल गरेको छ ।

हड्तालका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर