२ भाद्र २०७७, मंगलवार

गैर आवासिय नेपाली संघ मलेसियाका वरिष्ट उपाध्यक्ष सुन्दर आलेले आफनो जीवनको रक्षा गरिदिन सवैसंग आग्रह गरेका छन ।
उनले आफनै संस्थाको अध्यक्ष र संस्थाका केहि ब्यक्तिहरुले आफुलाई फसाउने तरीकाले मलेसियाको प्रशासनमा विभिन्न आरोप लगाएर रिपोर्ट गरेकोले आफुलाई फसाउन खोजीएको वताएका छन ।
उनले फेशवुकमा लामो स्टाटसमा लेखका छन ःमलाई बिना कसुर प्रशासनमा बुझाउने षड्यन्त्र रचिएको हुदा मलाई लाग्छ मेरो सुरक्षाको चासो यहाहरुले अवश्य लिनु हुनेछ । साथै मेरो सुरक्षाको निम्ती सम्पूणर् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले सम्बन्धित निकाय मार्फत पहल गरिदिनु हुनेछ भन्ने गर्दछु ः।
स्वच्छ छवि भएका आले मलेसियामा विगत १७ वर्ष देखि रोजगारी हुदै आफनो ब्यवसाय गर्दे आईरहेका छन । एनआरएन र विभिन्न संघसंस्थामा रहदै उनले मलेसियामा निकै धेरै सामाजिक कार्यहरु गर्दे आएका छन ।

हेरौ फेशवुकमा लेखिएको शब्द जस्ताको त्यस्तै-
नेपाली दूतावास मलेसिया, विभिन्न संघ, सस्थाका अध्यक्ष ज्युहरु, पत्रकार, वुद्दिजिवी, समाजसेवि, सम्पूणर् शुभ चिन्तक दाजुभाइ तथा दिदिबहिनीहरुमा नमस्कार ।
बर्षो देखि म यस बिदेशी भुमिमा रहेर पनि विभिन्न नेपाली समुदाय, संघ, सस्थामा आबद्ध रहि बिभिन्न सामाजिक कार्यहरुमा सकेसम्म सहयोग गर्दै आएको सर्बबिदितै छ । मैले तन, मन, धनले हरेक नेपालीहरु प्रती सकेको सहयोग गर्दै आएको र निरन्तर गर्ने पनि छु । यति गर्दा पनि म प्रती सघ भित्रकै अध्यक्ष लागाएत संघ भित्र कै ब्यक्तीहरुले मलाइ फसाउने तरिकाले मलेसियाको प्रशासनमा विभिन्न आरोप लगाएर रिपोर्ट गरिएको हुदा राजदुतावास मलेसिया, विभिन्न संघ सस्था, साथै शुभ चिन्तकहरुमा जानकारी गर्दछु। मलाइ लगाएको आरोप बारे छिट्टै सत्य तथ्य आउने नै छ । यस आरोप सम्वन्धी मैले कार्वाहीको लागि सम्बन्धित कानुनको सहायताबाट अगाडि बढने जानकारी समेत गर्नु चाहन्छु । तसर्थ मलाई बिना कसुर प्रशासनमा बुझाउने षड्यन्त्र रचिएको हुदा मलाई लाग्छ मेरो सुरक्षाको चासो यहाहरुले अवश्य लिनु हुनेछ । साथै मेरो सुरक्षाको निम्ती सम्पूणर् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले सम्बन्धित निकाय मार्फत पहल गरिदिनु हुनेछ भन्ने गर्दछु ।
सुन्दर आले
वरिष्ठ उपाध्यक्ष एनआरएनए मलेसिया

 

प्रतिक्रिया

सम्बन्धित खवर