
२० माघ २०७७, मंगलवार
दाङमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ६६ वर्षीय पुरुष रहेका छन ।
उनको मंगलबार विहान सवा १ बजे भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
मंसिर २९ गते उनमा कोरोना पुष्टि भएका उनलाई पुस १३ गते अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनको मृत्युभएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।