२० माघ २०७७, मंगलवार

अदालतको अवहेलना गरेको भन्दै नेकपा (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरुद्ध  सर्वोच्च अदालतमा दार्ता भएको मुद्दाको आज सुनुवाइ हुँदैछ ।

https://amzn.to/4myfPN5

अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सोमबार मुद्दा दर्ता गराएका थिए ।

सोमबार निवेदन आज दर्ता गरी आज न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।

प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको दाबी छ ।

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो ।

उनीहरुलाई सर्वोच्चले लिखित जवाफ माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर