१८ माघ २०७७

कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

२३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले  बताए ।

प्रहरीका अनुसार शनिबार राति ११ बजे म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका गोविन्द र मानबहादुरको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले ट्याक्टर चालकलाई  नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार