१७ माघ २०७७, शनिवार

भरतपुर– १० मा बन्न लागेको सिटीहल (सभाहल) को नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।

https://amzn.to/4myfPN5

शनिबार चितवन आएका प्रधानमन्त्री ओलीले सिटी हलको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाह लगायतको उपस्थिति रहेको थियो ।

चार विघा चार कठ्ठा जग्गामा हल निर्माण गर्न लागिएको हो ।

दुई हजार जना क्षमताको ठूलो सभा हल तथा तीन सय जना क्षमताको सानो हलसहित अति विशिष्ठ कक्षहरु निर्माण गरिने छ ।
२५ मिटर अग्लो सिटी हलमा २०\२० क्षमताको दुई वटा लिफ्ट राखिने छ ।

२७ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी यसै वर्षको मंसिर १८ गते ठेक्का सम्झौता भएको हो । ८७ करोड ८८ लाख रुपैयाँ लागतमा निर्माण सक्ने गरी सम्झौता गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर