
१७ माघ २०७७, शनिवार
प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा आज चितवनमा टायर बालेर विरोध गरीएको छ ।
संसद विघटनपछि पहिलो पटक चितवन जान लाग्नुभएका प्रधानमन्त्री ओलीका विरुद्ध नेकपाकै दाहाल नेपाल समूहले टायर बालेर विरोध गरेको हो ।
बिहानैदेखि अनेरास्ववियू चितवन (दाहाल नेपाल समूह) का विद्यार्थीहरुले सरकारविरुद्ध पर्चा पम्प्लेटिङ देखि सडकमा टायर बालेर विरोध गरेका हुन् ।
अनेरास्ववियू चितवन लेखिएको पर्चामा असंवैधानिक कदम खारेज गर, निरंकुशता लाद्न पाइदैन, प्रतिगामीहरु होसियारलगायतका नारा लेखिएको छ । प्रधानमन्त्री ओली सिटी हल र ६ लेन सडकखण्ड शिलान्यास गर्न आउन लागेको भन्दै नेकपा (प्रचण्ड–माधव समूह) र भरतपुर महानगरपालिकाले विरोध गरिसकेको छ ।